उत्तर कोरियामा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प

उत्तर कोरियामा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी पौष २२ ।  

उत्तर कोरियामा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । उत्तर कोरियाले परमाणु परीक्षणका लागि प्रयोग गर्ने गरेको क्षेत्रमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको युएस जियोलोजिकल सर्भेले जनाएको छ ।

चीन र दक्षिण कोरियाका अधिकारीहरुले यो भूकम्प प्राकृतिक नभएर मानव निर्मित भएको आशंका गरेका छन् । उत्तर कोरियाले गरेको नयाँ परमाणु परीक्षणका कारण ५ दशमलव १ रेक्टर स्केलको धक्का आएको उनीहरुको भनाई छ ।

यस विषयमा छलफल गर्न दक्षिण कोरियाको मन्त्रिपरिषदको आकश्मिक बैठक पनि बसेको छ । उत्तर कोरियाले सन् २००६ देखि हालसम्म जमिन मुनिबाट तीन वटा परमाणु परीक्षण गरेको छ ।

प्योङयी री क्षेत्रमा उत्तर कोरियाले परमाणु परीक्षण गर्ने गरेको छ । युएस जियोलोजिकल सर्भेका अनुसार जमिन मुनि १० किलोमिटरको गहिराइमा भूकम्पको धक्का गएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी