बग्दाद (इराक), २१ पुस । कम्तिमा २५ इराकी योद्धा इस्लामिक स्टेट (आईएस) सँगको तीन दिन लामो सङ्घर्षका क्रममा इराकको अनवर प्रान्तको हाडिथा क्षेत्रमा सरकार समर्थित जनजाति समूहमा आवद्ध योद्धाको मृत्यु भएको इराकको सुरक्षा स्रोतले जनाएको छ ।
हामीले २५ जना योद्धालाई ७२ घण्टा लामो युद्धमा गुमाउन पुगेका छौँ, जनजाति समूहमा आवद्ध एक कमान्डर सेख अवदाब्लाह अतालाहले एएफपीसँगको फोन वार्तामा बताए ।
यो क्षेत्र उक्त प्रान्तको एउटा महत्वपूर्ण बाध भएको तर आईएस समूहले सन् २०१४ देखि आफ्नो आश्रयसथलका रुपमा प्रयोग गर्दै आएकोे क्षेत्र हो ।
यो सम्भवत यस इलाकामा अहिलेसम्म आइएस समुहसँग भएको सबैभन्दा ठूलो झडप हो, उनले बताए ।
आईएसका आतङ्ककारी दस्ताले हाडिथालाई एक्कासी तीन वटै क्षेत्रबाट आक्रमण गर्दा भएको उक्त झडपमा दर्जनौँ घाइते भएको उनले बताए ।
बग्दादको करिब २०० किलोमिटर उत्तरपश्चिममा रहेको हाडिथाका नगरप्रमुख मबरोक हमिदले घटनामा २५ जनाको मृत्यु भएको खबरको पुष्टि गरेका छन् ।
हामीले देशहितका लागि सङ्घर्ष गर्ने २० जनाभन्दा बढी लडाकूलाई गुमाएका छौँ भने ५० जना बढी घाइते भएका छन्, हमिदले भने ।