काकाद्वारा भतिजोको हत्या

काकाद्वारा भतिजोको हत्या

  • मङ्लबार, पुस २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

जनकपुरधाम, २१ पुस । धनुषाको औरही गाविसमा एकजना बालकको हत्या भएको छ । सो हत्यामा निजको काकाकै संग्लनता रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार औहरी–८ मा एक वर्षीय बालक राजाबाबु मण्डलको हत्या गरी शवलाई पोखरीमा फालिएको अवस्थामा बरामद गरिएको छ । निज बालकलाई जुटको बोरामा गाउँनजिक रहेको पोखरीनजिक फालिएको छ ।

सो शवलाई प्रहरीले करिब २ बजे फेला गरेको हो । बालकको हत्याको आशङ्कामा प्रहरीले मृतक बालकका काका २२ वर्षीय रामकुमार मण्डललाई पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले पक्राउ गरिएको मण्डलको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ