पौष २०, एजेन्सी । साउदी अरवले इरानसंग कुटनीतिक सम्बन्ध तोडेको घोषणा गर्दै मुलुकमा रहेका इरानी कुटनितिज्ञलाई ४८ घण्टाभित्र देश छाड्न उर्दी जारी गरेको छ ।
शिया धर्मगुरुलाई फाँसीको सजाय दिएको विषयमा दुई मुलुकबीच सम्बन्ध तनावपुर्ण बनेसंगै साउदी अरवको पछिल्लो निर्णय आएको हो । साउदी अरबका विदेशमन्त्री अदेल अल जुबैरले इरानसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गर्नुभएको थियो ।
आज साउदी अरवको सरकारले इरानका सबै कुटनीतिज्ञलाइ मुलुक छाडन उर्दी जारी गरेको बीबीले जनाएको छ । आतंककारी क्रियाकलापमा संलग्न रहेको भन्दै गत शनिवार साउदी सरकारले शिया धर्मगुरु शेख निम्र अल निम्र सहित ४७ जनालाई फाँसी दिएको थियो ।
फाँसीको विरोधमा शिया समुदायले इरानको राजधानी तेहरानस्थित साउदी अरबको दुतावासमा आगजनी गरेका थिए । अमेरिकाले कुटनीतिक सम्बन्ध नतोड्न आग्रह गरेको छ । अमेरिकी विदेश विभागका प्रवक्ता जोन किर्वीले आफ्नो तर्फवाट तनाव कम गर्न सकारात्मक कदम चाल्ने बताउनुभएको छ ।