काठमाडौं,२० पुस ।
भारतमा आज बिहानै भूकम्प जादा ४ जनाको मृत्यु भएको छ भने करिब एक सय बढिा घाइते भएका छन ।
उद्दार कार्य जारी रहेको र क्षतीबारे यकिन विवरण आउन अझै बाकी रहेकाले मृतको सख्या बढ्ना सक्ने भारतीय सञ्चार माद्यमहरुले जनाएका छन ।
आज बिहान अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको जनाएपनि ६ दशमलव ७ रेक्टरको भूकम्प गएको भारतीयसञ्चार माध्यमले जनाएका छन् । मणिपुर राज्यको राजधानी इम्फालको ३३ किलोमिटर दूरीमा भूकम्प गएको हो ।
बंगलादेशको राजधानी ढाका र भारतको असम, बंगाल, अरुणाञ्चल प्रदेश, विहार, झारखण्डसहितका राज्यमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
यस्तै काठमाडौंसहित पूर्वी नेपालमा भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पूर्वी नेपाल ईलाम, झापा, पाँचथर लगायत क्षेत्रमा भूकम्पको महशुस भएपछि स्थानीयहरु घर बाहिर निस्किएका थिए ।
