शिया धर्म गुरुलाई मृत्युदण्ड दिएको विरोधमा विश्वका थुप्रैं देशहरुमा प्रदर्शन

शिया धर्म गुरुलाई मृत्युदण्ड दिएको विरोधमा विश्वका थुप्रैं देशहरुमा प्रदर्शन

  • आइतवार, पुस १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

साउदी अरेबियाले शिया धर्म गुरु शेख निमर अल निमरलाई मृत्युदण्ड दिइएको विरोधमा इरानलगायत विश्वका थुप्रैं देशहरुमा बिरोध भएको छ ।

इरानको राजधानी तेहरानमा प्रदर्शनमा उत्रेका शिया समुदायका ब्यक्तिहरुले सउदी अरबको दूतावासमा गरी आगजनी गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।

इरान सरकारले समेत निमरको मृत्युदण्डमा साउदीले ठूलो मूल्य चुनाउनु पर्ने भन्दै रियादले आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ । प्रदर्शनकारीहरुले धर्म गुरुको हत्याले निम्त्याउने परिणाम स्वीकार्न सउदी सरकारलाई चेतावनी दिएका छन् ।

यसैबीच शिया धर्मगुरु आयोतुल्ला अहमद खातमीले मृत्युदण्डको घटनालाई गम्भीर अपराध भन्दै निन्दा गर्नुभएको छ । साउदी आन्तरिक मामला मन्त्रालयले आतंकवादी अपराधमा संलग्न रहेको भन्दै शेख निमरसहित ४७ जनालाई मृत्युदण्ड दिएको थियो ।

सन् २०११ मा पूर्वी प्रान्तमा चर्किएको सरकार विरोधी प्रदर्शन समर्थन गरेको आरोपमा धर्म गुरु निमरलाई मृत्युदण्ड दिइएको हो । विभिन्न १२ स्थानमा दिइएको मृत्युदण्ड पाउनेमा दुई विदेशी नागरिक पनि रहेको वीवीसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी