साउदीमा एकै दिन ४७ जनालाई मृत्युदण्ड

साउदीमा एकै दिन ४७ जनालाई मृत्युदण्ड

  • शनिबार, पुस १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी,१८ पौष ।

साउदी अरेबियामा आज एक दिन शिया धर्मगुरु शेख निमर अल निमरसहित ४७ जनालाई मृत्युदण्ड दिइएको छ ।

सन् २००३ देखि ०६ सम्म अलकायदाले गरेका विभिन्न आक्रमणमा सहभागी रहेकोहरुलाई आज मृत्युदण्ड दिइएको साउदीको गृह मन्त्रालयले जनाएको छ ।

यता इरानले भने धर्म गुरु निमरलाई मृत्युदण्ड दिइएकोमा साउदी अरबलाई ‘निकै भारी मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ । गत वर्षको अक्टोबरमा साउदी अरेबियाको सर्वोच्च अदालतले निमरको मृत्युदण्डको माफीको अपिललाई खारेज गरेको थियो ।

साउदी अरेबियाको पूर्वी प्रान्त क्वाटिफका निमर चर्चित शिया नेतामध्ये एक रहेका छन् । उनी सत्तारुढ अल सायद परिवारको खुल्ला रुपमा आलोचना गर्ने र निर्वाचनको माग गर्नका लागि चिनिन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी