अतंकवादी आक्रमण हुन सक्ने भन्दै बेल्जियममा नयाँ बर्षका सबै कार्यक्रम रद्द

अतंकवादी आक्रमण हुन सक्ने भन्दै बेल्जियममा नयाँ बर्षका सबै कार्यक्रम रद्द

  • बिहिबार, पुस १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

बेल्जियमको राजधानी ब्रसेल्समा आतंकवादी आक्रमणको खतरालाई ध्यानमा राख्दै यस पटक नयाँ वर्षको स्वागतका लागि कुनै कार्यक्रम आयोजना नगरिने भएको छ।

आतंकवादी आक्रमण हुन सक्ने आशंकामा नयाँ वर्षको अवसरमा आयोजना भएका सबै कार्यक्रम तथा आतिसवाजी स्थगित गरिएको बेल्जियमका सरकारी अधिकारीलाई उधृत गर्दै वीवीसीले जनाएको छ ।

आक्रमण हुन सक्ने सूचनाका आधारमा सबै कार्यक्रम रद्द गरिएको प्रधानमन्त्री चाल्र्स मिचेलले बताउनुभएको छ । केही दिन अघि स्थानीय प्रहरीले नयाँ वर्षको अवसरमा आक्रमण गर्ने योजना बनाएको आशंकामा दुई जनालाई पक्राउ गरेको थियो ।

गएको नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसमा एक सय ३० जनाको ज्यान जाने गरि भएको आतंकवादी आक्रमणपछिदेखि नै बेल्जियमले सुरक्षा सतर्कता बढाएको छ । पेरिस आक्रमणको योजना बनाउने तथा संलग्न मध्ये केही बेल्जियममा

बस्दै आएकाले सुरक्षा खतरा रहेको अधिकारीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ