दक्षिण कोरियाली महिलाद्वारा जापान कोरिया सहमतिको विरोध

दक्षिण कोरियाली महिलाद्वारा जापान कोरिया सहमतिको विरोध

  • बुधबार, पुस १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

सोल, १५ पुस । दक्षिण कोरियाली महिलाले हालै जापान र दक्षिण कोरियाबीच भएको सहमतिको विरोध गरेका छन् ।
हालैमात्र दक्षिण कोरिया र जापानले दोस्रो विश्वयुद्धका समयमा जापानी सेनाका तर्फबाट दक्षिण कोरियाली महिलामाथि भएको ज्यादतीको सम्बोधन गर्ने क्रममा क्षतिपुर्तीसहितको प्याकेज घोषणा गरेका थिए ।
दोस्रो विश्वयुद्धका समयमा जापानी सेनाले दक्षिण कोरियाली महिलालाई यौनदाशी बनाएको आरोप दक्षिण कोरियाले लगाउदै आएको थियो ।
सो विषयमा जापानले माफीमाग्दै सो गल्तीका लागि क्षतिपुर्ती रकमका साथै ‘कम्फर्ट विमन’ नामक सम्झौता गरेको थियो । सो सम्झौताबमोजिम हाल पनि दक्षिण कोरियामा जिवीतै रहेका ती पीडित महिलाका लागि क्षतिपूर्ती रकमको पनि घोषणा गरेको थियो ।
सो घोषणा बमोजिम जापानले दक्षिण कोरियाली पीडित महिलाका लागि एक अर्ब जापानी येन बराबरको रकम उपलब्ध गराउने विषयमा पनि सम्झौता भएको छ । तर सो सम्झौताका विरुद्धमा ती जिवीत पीडित महिला र उनीहरुका सयौँजना समर्थकले उक्त सम्झौताको विरोध गरेका थिए ।
उनीहरुले उक्त सम्झौता गर्ने आफ्नै सरकार र जापान सरकारका विरुद्धमा बुधबार दक्षिण कोरियाको राजधानी सोलमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले गरेको सो निर्णयबाट आफ्नो अपमान भएको बताएका छन् । साथै यस अपमानको विरुद्धमा तथा आफुहरुले युद्धका समयमा जापानी सेनाबाट भएको ज्यादतिका विषयमा सङ्घर्ष गरिरहने जनाएका छन् ।
करिब २५० जना महिलाले सोलमा रहेको जापानी दूतावासको भवन अगाडि प्रदर्शन गरेका थिए । युद्धका समयमा पीडित बनेकी एक महिला लि योङ सुले भनिन्– हाम्रो सङ्घर्ष जारी नै छ, हामीले न्याय नपाउदा सम्म सङ्घर्ष त्याग्दैनौँ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी