एजेन्सी, १४ पौष ।
इजरेलका पूर्व प्रधानमन्त्री इहुद ओलमर्टलाई त्यहाको एक अदालतले घुस लिएको आरोपमा १८ महिनाको जेल सजाय सुनाएको छ ।
त्यसअघि तल्लो अदालतले ओमर्टलाई ६ बर्षको जेलसजाय सुनाएकोमा सर्वोच्च अदालतले घटाएर १८ महिना तोकेको हो । ७० बर्षीय ओलमर्ट प्रधानमन्त्री हुनुपूर्व जेरुसेलमको मेयर हुदा घरजग्गा कारोबारमा घोटला गरेको अभियोग छ।
सन् २००९ मा प्रधानमन्त्रीको पदावधी सकिएका ओलमर्ट जेल सजाय पाउने पहिलो राष्ट्र प्रमुख हुन् । उनीविरुद्ध ठगी तथा विश्वासघातको मुद्धा पनि चलिरहेको बीबीसीले उल्लेख गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline