टर्कीको आकाश निगरानीका लागि विमान पठाइने

टर्कीको आकाश निगरानीका लागि विमान पठाइने

  • सोमवार, पुस १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

बर्लिन (जर्मनी), १३ पुस ।

उत्तर एटलान्टिक सहयोग सङ्गठन (नेटो) ले वायुयानबाट सिर्जित हुने खतरा नियन्त्रणका लागि निरीक्षण गर्न यसका विमानलाई टर्कीको आकाशमा परिचालन गर्न लागेको जर्मनीका सुरक्षा अधिकारीले बताएका छन् ।

जर्मनीका रक्षामन्त्रीका प्रवक्ता बोरिस न्यान्टले टर्कीको आकाशमा परिचालन गरिने विमान विल्कुल सुरक्षा नियमनका लागि प्रयोग हुनेमा विश्वस्त हुन सम्बद्ध सबैलाई अनुरोध गर्नुभएको छ ।

नेटोको यो योजना तुरुन्तै प्रयोगमा ल्याइन लागेको पनि उहाँले बताउनुभयो ।

तर, कति विमान र चालकलाई कहिलेदेखि यस कार्यका लागि खटाइने छ भन्ने विषयमा अधिकारीले केही बताएका छैनन् । निरीक्षणका लागि विमान टर्कीको कोन्या सहर वरिपरीको आकाशमा रहने प्राप्त समाचारमा जनाइएको छ ।

रसिया र टर्कीबीच पछिल्लोपटक टर्कीले मस्कोको युद्धक विमानलाई खसाले पछि यी दुई देशबीच देखिँदै आएको तनाव कम गर्ने प्रयासस्वरुप नेटो सम्बद्ध राष्ट्र संलग्न बैठकले यही डिसेम्बर १८ मा निरीक्षणका लागि विमान पठाउने निर्णय गरेको थियो ।

वायुयान खतरा नियन्त्रणका लागि पठाइने विमानले टर्की लगायतका भूमध्यसागरिय क्षेत्रमा अवस्थित विभिन्न मुलुकको सिमानामा निगरानी गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी