मस्जिदमा गरिएको विस्फोटमा ३० व्यक्तिको मृत्यु ६५ घाइते

मस्जिदमा गरिएको विस्फोटमा ३० व्यक्तिको मृत्यु ६५ घाइते

  • सोमवार, पुस १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

नाइजेरिया, १३ पुस ।

उत्तरपूर्वी नाइजेरियाको एक मस्जिदमा गरिएको दुई विस्फोटनमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

नाइजेरियाको उत्तरपूर्वी राज्य बार्नोको प्रान्तीय राजधानी मैदुगुरीस्थित एक मस्जिदमा सोमबार भएको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको र अन्य ६५ जना घाइते भएको स्थानीय अस्पताल तथा प्रशासन स्रोतले बताएको छ ।
स्रोतका अनुसार कम्तीमा ३० जना मृत शरीर घटनास्थल वरपर भेटिएका थिए ।

मस्जिदभित्रै विच्छ्याइएका विश्वास गरिएका दुई विस्फोटक पदार्थ दर्शनार्थी मस्जिदमा भेला भएको अवस्थामा एकपछि अर्को गर्दै विस्फोट भएका थिए ।

मस्जिद मैदुगुरीस्थित जिदारीमोलो क्षेत्रको सुलेमान्टी इलाकामा अवस्थित छ ।

विस्फोटक पदार्थहरु ठूला भएकाले विस्फोटका कारण मस्जिद नजिकैका घरमा बसिरहेका मानिसहरु तथा घरलाई पनि क्षति पुगेको सुरक्षा अधिकारीले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी