इराकमा सरकारी सेनाले रमादी शहरको मूख्य प्रशासनिक क्षेत्र फेरि आफ्नो नियन्त्रणमा लिएको छ ।
रमादीमा कब्जा जमाएर बसेका इस्लामिक स्टेट (आईएस)का लडाकुलाई लखेटेर मूख्य सरकारी भवनहरु सेनाले नियन्त्रणमा लिएको अन्तराष्ट्रिय सञ्चारमाद्यमहरुले जनाएका छन ।
रमादीलाई आईएसको गढका रुपमा हेरिने गरिन्छ । आईएसले सरकारी भवन सेनाविरुद्धको कारवाहीको रणनीति बनाउने स्थानका रुपमा प्रयोग गर्दै आएको थियो ।मुख्य सरकारी भवनमा नियन्त्रण कायम गरेको सेनाले कारवाही अभियान भने जारी नै राखेको छ ।
राजधानी बग्दादबाट ९० किलोमिटर पश्चिममा रहेको सुन्नी बाहुल्य शहर रमादी गत मेमा आईएसले कब्जा गरेको थियो ।
सेनाले गत नोभेम्बरदेखि रमादीमा आईएसविरुद्ध कारवाही थालेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline