एसिड बोकेको एउटा रेल दुर्घटना भएको छ । दुई लाख लिटर सल्फ्युरिक एसिड बोकेको रेल क्वीन्सल्याण्ड राज्यको पश्चिमोत्तर क्षेत्रमा दुर्घटना भएको वीवीसीले जनाएको छ ।
अधिकारीहरुका अनुसार उक्त रेलमा एसिडका साथै डिजेलसमेत रहेकोे थियो । दुर्घटनामा रेलका तीन कर्मचारी घाइते भएका छन् भने उनीहरुहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना भएको क्षेत्रमा आपतकालिन स्थिती घोषणा गरिएको छ दुर्घटना भएको क्षेत्रको दुई किलोमिटर दायरामा सर्वसाधारणलाई आवतजावतमा रोक लगाइएको वीवीसीले जनाएको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाका कारण जमिनमा कति एसिड पोखिएको छ भन्ने प्रष्ट हुन नसकेको अधिकारीहरुको भनाई छ । सल्फ्युरिक एसिड मानिसको छालामा पर्नासाथ त्यसले घाउ बनाउन सक्ने बताइन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline