संयुक्त राष्ट्रसङ्घद्वारा मोदी–सरिफ भेटको स्वागत

संयुक्त राष्ट्रसङ्घद्वारा मोदी–सरिफ भेटको स्वागत

  • आइतवार, पुस १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

वासिङगटन (अमेरिका), ११ पुस ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आकस्मिक पाकिस्तान भ्रमणको अमेरिका संयुक्त राष्ट्रसङ्घलगायत विश्वका विभिन्न शक्ति राष्ट्रले प्रशंसा गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आकस्मिक पाकिस्तान भ्रमणको अमेरिका संयुक्त राष्ट्रसङ्घलगायत विश्वका विभिन्न शक्ति राष्ट्रले प्रशंसा गरेका छन् ।

भारत–पाकिस्ताको सुधारिएको सम्बन्धको प्रशंसा गर्दै अमेरिका राज्य विभागका प्रवक्ता जोन कर्बीले भन्नुभयो– “हामी भारतीय प्रधानमन्त्री र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच बिहीबार (डिसेम्बर २५मा) भएको भेटको स्वागत गर्छौं ।” भारत–पाकिस्तानबीचको सुमधुर सम्बन्धका कारण यस क्षेत्रका सबै राष्ट्रहरुलाई फाइदा पुग्नेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले बिहीबार आकस्मिक पाकिस्तानको भ्रमण गरी उहाँका पाकिस्तानी समकक्षीलाई भेटी सरिफको ६६औँ जन्मदिनका अवसरमा शुभकामना व्यक्त गरेको समाचार मोदी आफैँले ट्वीट गरी सार्वजनिक गर्नुभएको थियो ।

त्यसैगरी, संयुक्त राष्ट्रसङ्घका महासचिव वानकी मुनले पनि दुई देशका शीर्ष नेताको भेटको स्वागत गर्नुभएको छ । महासचिव वानले यसबाट भारत र पाकिस्तानबीच देखिदै आएको समस्या दुई पक्षीय वार्ताबाट समाधान गर्दै दुई देशको सम्बन्ध प्रगाढ बनाउन सहयोगी हुनेछ भन्नुभयो ।

“वानले दुई देशका यी दुवै प्रधानमन्त्रीलाई दुई पक्षीय वार्ता गर्न प्रोत्साहित गर्दै आउनुभएको थियो ।” राष्ट्रसङ्घका प्रवक्ताले पीटीआइसँग भन्नुभयो– “महासचिव वानले यो भ्रमणको स्वागत गर्नुभएको छ साथै यसबाट दुई देशबीच वार्ताका माध्यमबाट सम्बन्धलाई सुमधुर बनाउने दिशामा अग्रसर हुनेछ ।”

प्रधानमन्त्री मोदी सन् २००४ मा तत्कालीन भारतीय प्रधानमन्त्री अटल विहारी वाजपेयी पछि पहिलो पटक भारतीय प्रधानमन्त्रीका रुपमा पाकिस्तान पुग्नुभएको हो ।

मोदी आफ्नो रसिया र अफगानिस्तानको भ्रमणपछि आकस्मिक रुपमा पाकिस्तान पुग्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी