अफगानिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प

अफगानिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प

  • शनिबार, पुस ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी, ११ पौष । 

अफगानिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ । अफगानिस्तानको उत्तरी राज्य बदाख्शनको फैजावाद केन्द्र भएर भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।

फैजावाद अफगानिस्तान र ताजिकिस्तानको सीमा नजिक पर्छ । भूकम्पको धक्का पाकिस्तान, भारत र ताजिकिस्तानमा महशूस गरिएको थियो । भूकम्पमा परी मृत्यु भएको खबर नआएपनि पाकिस्तानमा भने झण्डै ४० जना घाइते भएका छन् ।

भारत प्रशासित काश्मिरको राजधानी श्रीनगर, दिल्लीसहित केही शहरमा भूकम्पको धक्का महसुस भएको थियो । पाकिस्तानको इस्लामावाद, रावलपिण्डी, लाहोर, पेशावरसहितका ठाउँमा झण्डै एक मिनेटसम्म धक्का महसुस भएको बताइएको छ ।

सन् २००५ मा पाकिस्तान प्रशासित काश्मिरमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ७५ हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी