नाइजेरियामा ग्यास कारखानामा विस्फोट हुँदा १०० भन्दा बढीको मृत्यु

नाइजेरियामा ग्यास कारखानामा विस्फोट हुँदा १०० भन्दा बढीको मृत्यु

  • शुक्रबार, पुस १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

अबुजा, १० पुस ।

नाइजेरियामा ग्यासको कारखानामा भएको विस्फोटमा परी कम्तीमा पनि १०० जना भन्दा बढीको ज्यान गएको समाचार छ ।

सो कारखानामा बिहीबार राति भएको विस्फोटमा परी अरु पनि कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । दक्षिणपूर्वी नाइजेरियाको एननिवीमा सो विस्फोट भएको थियो ।

स्थानीय सञ्चारमाध्यमहरुले सो क्षेत्रमा रहेको एक ग्यास कारखानामा ग्यास भरेर ट्यांकर बाहिर निस्किने बेलामा बिहीबार राति सो ट्यांकर विस्फोट भएको थियो ।

क्रिस्मस्को रौनक छाएको बिहीबारको राति क्रिस्मस् मनाइरहेका नागरिक ग्यास लिनका लागि खाली सिलिण्डर लिएर कारखानाको बाहिर भीड लागेका थिए ।

पछि सो ट्याङ्करले कारखानाबाट ग्यास भरेपछि चिस्सिनका लागि एकछिन चिलिङ सेन्टरमा बस्नुपर्नेमा हतारहतार बाहिर निस्किएको थियो । सोही कारण सो ग्यास सिलिण्डिर विस्फोट भएको बताइएको छ ।

मारिनेमा खाना पकाउने ग्यास लिनका लागि त्यहाँ पुगेका नागरिक बढी परेका छन् । उनीहरु सो क्षेत्रका स्थानीय बासिन्दा हुन् ।

त्यस क्षेत्रमा प्रहरीले अनुसन्धान जारी राखेको छ । मारिने व्यक्तिको सङ्ख्या अरु धेरै पनि हुनसक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी