काठमाडौ १० पौष ।
भारत र रुसबिच १६ बुँदे सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणका क्रममा दुई देशबिच उक्त सम्झौता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
दुई देशबिच परमाणु उर्जामा आपसी सहयोग बढाउने सहमति पनि भएको छ । सम्झौता अनुसार अब भारतका दुई स्थानमा रुसले १२ वटा परामाणु रियाक्टर बनाउने छ । आगामी २० वर्षभित्रमा ६ वटा परमाणु रियाक्टर बनाइसक्ने रुसी राष्ट्रपति पुटिनले बताउनुभएको छ ।
भारत र रुसबिच दुई देशका नागरिक तथा कुटनीतिक राहदानी लिएकालाई आवतआवत केही सहज बनाउने, हेलिकप्टर इन्जिनियरिङ क्षेत्रमा सहयोग गर्ने, रेलवे क्षेत्रमा प्राविधिक सहयोग बढाउने, भारतमा सौर्य उर्जा तथा ब्रोडकास्टिङ क्षेत्रमा सहयोग गर्ने लगायतका विषयमा सम्झौता भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि गत बुधबार रुस जानु भएको थियो ।