एजेन्सी ८ पौष । इराकी सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको रमादी शहरलाई केन्द्रित गरेर कारवाही अभियान तीब्र पारेको छ ।
अमेरिकी नेतृत्वको नेटो गठबन्धन सेनाको सहायतामा इराकी सेना रमादी तर्फ अघि बढेको अन्तर्राष्ट्रिय सन्चार माध्यामहरुले जनाएका छन् । गठबन्धन सेनाले हवाई आक्रमणमाफर्त इराकी सेनालाई साथ दिइरहेको छ ।
रमादीका दुई वटा जिल्लामा सरकारी सेनाले आफ्नो नियन्त्रण कायम गरेको र अरु दुई जिल्लाको भित्रिभागमा प्रवेश गरेको सुरक्षा अधिकारीले बताएका छन् । तीन दिन भित्रमा रमादीबाट आइएसलाई हटाइ सक्ने लक्ष्यसहित सरकारी सेना मुख्य सरकारी भवन तर्फ अघि बढेका छन् ।
आइएसका विद्रोहीले स्नाइपर तथा आत्मघाती आक्रमण गरिरहेको सेनाले जनाएको छ । सरकारी सेनालाई प्रहरी तथा सुन्नी आदिवासीले पनि साथ दिएको इराकी आतंकवादी विरोधी सेवाका प्रवक्ता शबाह अल नुमानीले बताउनुभयो ।
गत मे महिनामा आइएसका लडाकुले रमादीबाट इराकी सेनालाई परास्त गरेर नियन्त्रण कायम गरेको थियो ।