चीन, ५ पुस ।
दक्षिण चीनको गुवाङडोङ प्रान्तमा आइतबार गएको पहिरोमा परी २७ जना बेपत्ता भएको यहाँको स्थानीय प्रशासनले जनाएको छ ।
घटनामा तीन जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
चीनको गुवाङडोङ प्रान्तको सेनझेन सहर नजिकैको औद्योगिक क्षेत्रमा गएको उक्त पहिरोमा २२ घर पुरिएको स्थानीय प्रशासनले जानकारी गराएको छ ।
यसैबीच, चीनको राज्यसभाले आइतबार पहिरोमा पुरिएका मानिसहरुको उद्धार कार्यमा सघाउन एउटा केन्द्रीय टोली पहिरो प्रभावित सेनझेन सहर पठाएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline