एजेन्सी ५ पौष ।
यमनमा सरकारी सेना र हुथी बिद्रोहीबीच भएको झडपमा ६८ जना मारिएका छन् । साउदी अरबको सीमा नजिक भएको पछिल्लो भिडन्तमा सरकारी सेना र बिद्रोही गरी कम्तिमा ६८ जनाको मारिएको अन्तर्राष्ट्रिय सन्चार माध्यामले जनाएका छन् ।
उत्तर पश्चिमी यमन स्थित हारद शहरमा सरकारी सेना र हुथी बिद्रोहीबीच झडप भएको हो । हुथी बिद्रोहीको नियन्त्रणमा रहेको हारद शहर केही दिन अघि मात्रै सरकारी सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो ।
सरकारी सेनाले आफ्ना २८ जना सैनिकको ज्यान गएको जनाएको छ । यस्तै हुथी बिद्रोहीले आफ्ना ४० जना लडाकु मारिएको जनाएको छ ।
संयुक्त राष्ट्रसंघको पहलमा स्वीजरल्याण्डमा गएको मंगलबारदेखि यमन सरकार र हुथी बिद्रोहीबीच वार्ता भइरहेका बेला भिडन्त भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline