सिरियाको शान्ति प्रक्रिया सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित 

सिरियाको शान्ति प्रक्रिया सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित 

  • शनिबार, पुस ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी ४ पुस । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले सिरियाको शान्ति प्रक्रिया सम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

राष्ट्रसंघको मुख्यालय अमेरिकाको न्युयोर्कमा भएको सुरक्षा परिषदको बैठकमा १५ सदस्य राष्ट्रबीच सिरिया सम्बन्धी महत्वपूर्ण मुद्दामा सहमति भएको हो । सिरिया सरकार र विपक्षीबीच आउँदो जनवरीको सुरुमा वार्ता गराउने तथा युद्धविराम लागु गराउने विषयमा सुरक्षा परिषदमा सहमति जुटेको हो ।

सिरियामा द्वन्द्व सुरु भएको पाँच वर्ष पुग्न लागेको छ । यस अवधिमा साढे दुई लाख भन्दा धेरै मानिसको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ । यस्तै द्वन्द्वकै कारण लाखौं मानिस विस्थापित भएको राष्ट्रसंघले जनाएको छ ।

प्रस्तावमा सिरिया सरकार र विपक्षीबीच सहमति वार्ता गराउने उल्लेख भएपनि आतंकवादी संगठन विरुद्धको कारवाही अभियानमा भने प्रभाव नपर्ने उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी