पाकिस्तानमा सन् २०१५ मा ६३७ आतङ्ककारी मारिए

पाकिस्तानमा सन् २०१५ मा ६३७ आतङ्ककारी मारिए

  • शुक्रबार, पुस ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

पाकिस्तान, ३ पुस ।

पाकिस्तानका विभिन्न ठाउँमा चलाइएको आतङ्कवादविरोधी अभियानमा सन् २०१५ मा ६३७ आतङ्ककारी मारिएको पाकिस्तानका गृहमन्त्रीले राज्य सभालाई शुक्रबार बताउनुभएको छ ।

सङ्घीय प्रशासनद्वारा स्वशासित आदिवासी समुदायको बस्तीहरूमा ३७३ जना आतङ्ककारीको सुरक्षा कारबाहीमा मृत्यु भएको सरकारले पाकिस्तानको राज्यसभामा जानकारी गराएको हो ।

त्यस्तै सुरक्षा कारबाहीमा पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा ९८ जना मारिएका छन् ने पूर्वी पञ्जाब राज्यमा ५५ जनाको मृत्यु भएको छ ।

एक जना आतङ्ककारी विद्रोही पाकिस्तानको राजधानी इस्लामाबाद र ३६ जना अन्य दक्षिण सिन्ध प्रान्तमा मारिएका प प्राप्त तथ्याङ्कमा जनाइएको छ ।

सबैजना पाकिस्तानको नेसनल एक्सन प्लान ९एनएपी० ले सन् २०१५ जनवरीदेखि सञ्चालन गरेको सुरक्षा कारबाहीमा मारिएको सरकारको दाबी छ ।

यो वर्ष पाकिस्तानमा गतिविधि सञ्चालन गर्दै आएका १४ लडाकू समूहलाई सरकारले प्रतिबन्ध लगाएको छ । यससँगै यहाँ प्रतिबन्धित विद्रोही समूहको सङ्ख्या ६१ पुगेको छ ।

प्रतिबन्धित समूहहरूमा इस्लामिक स्टेट, लस्कर–ए झाङ्बी, सिया मुहमद पाकिस्तान, जैस मुहमद र सिया साहावा लगायतका समुह रहेको गृह मन्त्रालयलबाट प्राप्त तथ्याङ्कमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी