एजेन्सी २ पौष ।
भारतको मुम्बईस्थित विमानस्थलमा विमानको इन्जिनमा च्यापिएर एयर इन्डियाका एक कर्मचारीको मृत्यु भएको छ ।
मुम्बईबाट हैदरावादका लागि उडान भर्ने तयारीमा रहेको एयर इन्डियाको जेट विमान ए आई ६१९ को इन्जिनमा फसेर विमानका प्राविधिक रवि सुब्रमण्यमको मृत्यु भएको जनाएको छ ।
विमानका सहचालकले ‘सिग्नल’लाई गलत बुझेका कारण दुर्घटना भएको एयर इन्डियाले जनाएको छ । ‘पुस ब्याक’ सिग्नललाई सहचालकले इन्जिन स्टार्ट गर्ने सिग्नल मानेर इन्जिन चालु गर्दा सो दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।
सहचालकले इन्जिन स्टार्ट गर्दा प्राविधिक सुब्रमण्यम विमानको नजिकै थिए । उनलाई इन्जिनले तानेपछि त्यसैमा फसेर उनको ज्यान गएको हो । भारतको उड्ययन निर्देशनालय र एयर इन्डियाले घटनाको अनुसन्धान सुरु गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline