फिलिपिन्समा बाढीबाट मृत्यु हुनेको सङ्ख्या एघार पुग्यो

फिलिपिन्समा बाढीबाट मृत्यु हुनेको सङ्ख्या एघार पुग्यो

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी,१ पुस ।

फिलिपिन्समा शक्तिशाली आँधीका कारण बुधबार मृत्यु हुनेको सङ्ख्या ११ पुगेको समाचार मा जनाइएको छ । बुधबारसम्म पनि त्यहाँ बाढीको प्रकोप कायमै रहेको जनाइएको छ ।

यसअघि गएको तीन दिनदेखि त्यहाँ हावाहुरी र बाढीको प्रकोप थियो । सो क्षेत्रमा आँधी आउने खतरा बढेको भन्दै अधिकरीहरुले उद्वारकर्मीहरुलाई निकै सतर्क बनाएका थिए ।

प्राप्त पछिल्लो समाचारअनुसार बुधबारसम्ममा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको र अरु केही हराइरहेका जनाइएको छ ।

मङ्गलबार राति राजधानी मनिलामा नै ठूलो बाढी आएको थियो । सो बाढीका कारण राजधानीको अवस्था नै अस्तव्यस्त भएको देखिएको छ ।

तर मङ्गलबारको आँधीले भने सो क्षेत्रबाट दशौँ लाख व्यक्ति भागेका छन् । उनीहरू घर छोडेर भागेका र स्थानीयवासीहरूमा त्रास उत्पन्न भएको बताइएको छ ।

मध्य फिलिपिन्सका केही क्षेत्रमा बाढी र पहिरो आएको छ । तीन दिनदेखि वर्षा जारी छ । त्यसैले सो क्षेत्रमा आँधीको खतरा पनि बढेको समाचारमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी