एजेन्सी १ पौष । सिरियामा जारी विद्रोह अन्त्यका लागि शान्ति प्रक्रिया स्थापना गर्ने विषयमा अमेरिका र रुसबीच आगामी शुक्रबार छलफल हुदैछ ।
राष्ट्रसंघको पहलमा सुरु भएको प्रक्रिया प्रस्ताव पारित गर्न न्यूयोर्कमा दुई राष्ट्रबीच छलफल हुन लागेको हो । छलफलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी विदेशमन्त्री जोन केरी र रुसका विदेशमन्त्री सेरगाई लाभारोभ सहभागी हुने बीबीसीले जनाएको छ ।
रुसी विदेशमन्त्री लाभारोभले विवादीत विषयमा विपक्षी प्रतिनिधि मण्डल संग वार्ताको वातावरण तयार पार्न छलफल गर्न लागिएको बताउनुभयो ।
यस्तै अमेरिकी विदेशमन्त्री केरीले छलफल महत्वपुर्ण हुने भन्दै आतंकवाद समाधानका लागि महत्वपुर्ण सम्झौता गरिने बताउनु भएको छ । सिरियामा लामो समयको राजनीतिक संकटका कारण लांखौ मानिसको ज्यान गइसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline