अर्जेन्टिनामा बस दुर्घटना हुँदा ४३ सुरक्षाकर्मीको मृत्यु  

अर्जेन्टिनामा बस दुर्घटना हुँदा ४३ सुरक्षाकर्मीको मृत्यु  

  • मङ्लबार, मंसिर २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी, २९ मंसिर । अर्जेन्टिनामा साल्टा राज्यमा भएको बस दुर्घटनामा ४३ जना प्रहरीको मृत्यु भएको छ ।

सीमा सुरक्षा बलका प्रहरी चढेको बस उत्तरपश्चिमी अर्जेन्टिनाको साल्टा राज्यस्थित रोसारियो डी ला फ्रोन्टेरा शहर नजिक एक पुलबाट तल खसेको बताइएको छ ।

५० यात्रु सवार बस पुलबाट झण्डै २० मिटर तल खसेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएको छ । बसमा सवार ६ जनाको उद्दार गरिएको छ । राष्ट्रिय राजमार्गमा प्रहरी लिएर गुडेका तीनमध्ये एउटा बस दुर्घटनाग्रस्त भएको हो ।

अर्जेन्टिनी सीमा सुरक्षा बलको इतिहासमै यो सर्वाधिक ठूलो मानवीय क्षति भएको एक अधिकारीलाई उद्धृत गर्दै अमेरिकी संचारमाध्यम ‘सीएनएन’ ले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी