साफ सुजुकीकपका लागि अनिल गुरुङको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा

साफ सुजुकीकपका लागि अनिल गुरुङको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा

  • सोमवार, मंसिर २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, २८ मंसिर ।

अनिल गुरुङको कप्तानीमा नेपालले साफ सुजुकीकप २०१५ खेल्ने भएको छ ।

राष्ट्रिय टोलीका प्रशिक्षक प्याट्रिक यजुम्सले आज एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गरि अनिलको नेतृत्वमा २० सदस्यिय राष्ट्रिय टोलीको घोषणा गरिएको हो ।

आगामी पौष आठ देखि भारतमा हुने खेलका लागि घोषीत टोलीका अन्य सदस्यामा किरण चेमजोङ, बिकेश कुथु र अमृत चौधरी गोल किपर रहेका छन ।

यसैगरि फरवार्डमा अन्जन विष्ट, नबयुग श्रेष्ठ, विमल घर्तिमगर, जगजीत श्रेष्ठ र नबिन लामा रहेका छन । यसअघि जगजित र नबिन मिडफिल्डमा खेल्दै आएका थिए ।

त्यस्तै मिडफिल्डरमा रोहित चन्द, हेमन्त गुरुङ, बिक्रम लामा, विशाल राई र योगेश गुरुङ रहेका छन ।

यसअघि डिफेन्समा खेल्दै आएका रोहित चन्द मिडफिल्डमा तानिएका छन । यस्तै रक्षापंक्तिमा विराज महर्जन, रविन श्रेष्ठ, जितेन्द्र कार्की, अन्न्त तामाङ आदित्य चौधरी र रञ्जित धिमाल रहेका छन ।

अमृत चौधरी , नबीन लामा, हेमन गुरुङ र योगेश गुरुङले राष्टिय टोलीमा पहिलो पटक मौका पाएका हुन ।

सागर थापासहित पुर्व महत्वपुर्ण खेलाडिहरु म्याच फिक्सीको अभियोगमा मुद्दा खेपिरहेका कारण र जुमानु राई सन्तोष साहुखल, लगाएत केहि पुराना खेलाडिहरुले भने मौका पाएका छैनन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी