एजेन्सी २८ काठमाडौ । पाकिस्तानमा भएको बम विष्फोटमा २४ जना मारिएका छन् ।
अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी पाकिस्तानको कुर्रम आदिवासी क्षेत्रको व्यस्त बजारमा गराइएको विस्फोटमा अन्य ७७ जना घाइते भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
पाराचिनारको इद गाह कपडा बजारमा विस्फोट गराइएको विस्फोटमा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।
विस्फोट शिया अल्पसंख्यक बस्ने क्षेत्रमा गराइएकाले सुन्नी सुमदायले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको बिबीसीले जनाएको छ । कुर्रम उत्तरी बजिरिस्तान नजिक पर्दछ । जहाँ पाकिस्तान सेनाले डेढ वर्षदेखि तालिबानविरुद्ध कारवाही चलाउँदै आएको छ ।
पाराचिनारमा शिया समुदायको बाहुल्य रहे पनि त्यस आसपासको क्षेत्रमा अलग अलग सुमदायका मानिस बस्ने गर्दछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline