जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक सम्झौता गर्दै पेरिस सम्मेलन सम्पन्न

जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक सम्झौता गर्दै पेरिस सम्मेलन सम्पन्न

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

पेरिस, २७ मङ्सिर ।

जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक सम्झौता जारी गर्दै फ्रान्सको राजधानी पेरिसमा गत दुई हप्तादेखि जारी विश्व जलवायु परिवर्तनसम्बन्धी सम्मेलन सम्पन्न भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी फ्रेमवर्कमा आवद्ध विश्वका १९६ देशका सदस्य राष्ट्रहरुको सर्वसम्मतिमा सो सम्झौता जारी गरिएको समाचारमा जनाइएको छ ।

फ्रान्सद्वारा जारी कोप२१ सो सम्मेलनमा दुई हप्तासम्ममा विश्वमा जलवायु परिवर्तनको प्रभाव कमगर्नेसम्बन्धी विधिहरु अपनाउनेसम्बन्धी विषयलाई सो सम्झौतामा राख्ने विषयमा व्यापक मात्रामा बहस भएको थियो ।

अन्ततः विश्वमा जलवायु परिवर्तनको प्रभाव कमगर्ने तथा यसका लागि आवश्यक कार्यक्रमहरुको अवलम्बन गर्ने र हरित गृहको प्रभाव एवम् कार्बन उत्सर्जनको मात्राका विषयमा सम्बोधन गरिएको उक्त सम्झौतामा विश्वका सबै देशले सहमति गरेका थिए ।

यस सम्झौतमा विश्वमा पछिल्लो समयमा बढ्दो मात्रामा देखिएको तापक्रमको मात्रालाई घटाउने र यसलाई १.५ प्रतिशतमा सीमित गर्ने प्रयोजनमा कार्यक्रम तथा नीतिहरु लक्षित गर्ने बारेमा उल्लेख गरिएको छ ।

यस सम्झौतालाई विश्वका नेताहरुले स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा चिनियाँ राष्ट्रपति सि जिनपिङले यस सम्झौताको स्वागत गर्नुभएको छ ।

उहाँहरुले यस सम्मेलनले अघि सारेका लक्ष्यहरुका कारण विश्वमा जलवायु परिवर्तनका कारण जारी नकारात्मक प्रभाव कमगर्न सघाउ पुग्ने धारणा राख्नुभएको छ । रासस÷सिन्ह्वा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी