जापानले भारतमा बुलेट रेलसेवा निर्माण गरिदिने

जापानले भारतमा बुलेट रेलसेवा निर्माण गरिदिने

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

नयाँ दिल्ली, २६ मङ्सिर । जापानले भारतमा द्रुत गतिको रेल सेवा, बुलेट रेल सेवा निर्माण गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा शनिबार राजधानी नयाँ दिल्लीमा हस्ताक्षर भएको छ ।

जापानी प्रधानमन्त्री सिन्जो अबे औपचारिक भ्रमणका लागि शुक्रबार भारत पुग्नुभएकोे थियो । उहाँले शनिबार सो सम्झौतामा हस्ताक्षर गर्नु भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सो जानकारी दिनुभएको छ । उहाँले जापान सरकारको यो सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नु भएको बताइएको छ ।

प्रधानमन्त्री मोदीले अब निर्माण हुने सो रेल सेवाले भारतको रेल सेवाको इतिहासमा ठूलो क्रान्ति नै ल्याउने छ । साथै उहाँले यसका कारण भारतको आर्थिक विकासमा पनि ठूलो टेवा पुग्ने छ ।

प्रधानमन्त्री मोदीले अब निर्माण हुने त्यस रेलसेवाको इञ्जिन भारतको विकासका इञ्जिन हुनेछ भन्नुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त एक समाचारमा जनाइएको छ ।

जापानी समकक्षी अबेलाई भारतमा स्वागत गर्दै प्रधानमन्त्री मोदीले भन्नुभएको थियो, –“अबे एक ‘असाधारण नेता’ हुनुहुन्छ र उहाँको भ्रमणले भारत–जापानबीचको सम्बन्धमा थप सुधार हुनेछ ।”

जापानी प्रधानमन्त्री अबेको यस भ्रमणका समयमा निकै महँगो र महत्वाकांक्षी मानिएको यस बुलेट रेल सेवा निर्माण हुने भनिएको थियो । साथै अरु पनि केही आर्थिक क्षेत्रका सम्झौता हुनसक्ने चर्चा यसअघि नै गरिएको थियो ।

भारत–जापानबीच अत्यन्तै गहिरो तथा सांस्कृतिक सम्बन्ध रहेको भनी गरेको टिप्पणीलाई भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरी प्रशंसा गर्नुभएको छ ।

प्रधानमन्त्री अबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार औपचारिक भेटवार्ता भएको थियो । अबे शनिबारै प्रधानमन्त्री मोदीसँग गृहनगर बनारस जाने कार्यक्रम पनि रहेकोे छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वर्ष प्रधानमन्त्री भएलगत्तै जापानको भ्रमण गर्नुभएको थियो । यी दुई देशका प्रधानमन्त्रीले आफ्नो सम्बन्धमा नयाँ पन दिन खोजिरहेका विश्लेषकहरूको भनाइ छ ।

जापानी प्रधानमन्त्री अबेले एसियाको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्रकाबीचको सम्बन्धमा नयाँरूप दिने प्रयासस्वरुप आफ्नो यो भेट हुन लागेको जानकारी दिनुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले जापान सरकारसँग रेलसेवाको विस्तारका क्षेत्रमा सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।

उहाँले गत वर्षको जापान भ्रमणकै क्रममा सो आग्रह जापान सरकारसँग गर्नुभएको थियो । साथै अबेको यो भ्रमणको पनि मुख्य केन्द्रको विषय त्यही नै हो भनिएको थियो ।

यी दुई अर्थतन्त्रबीचको भेटवार्ताका क्रममा आर्थिक लगानीका अरू पनि कैयौँ क्षेत्रका बारेमा छलफल हुने भएको थियो ।

तर ती सबै विषयमा हुनसक्ने भनिएका सम्झौताका बारेमा भने अहिले नै केही आइसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी