एजेन्सी,२६ मंसिर ।
अफगानिस्तानको उत्तरी प्रान्त बाघ्लानमा एकजना जिल्ला गभर्नरको विद्युतीय धरापमा पारी हत्या गरिएको समाचार छ ।
शनिबार उहाँलाई सङ्कास्पद हतियारधारी समूहले विद्युतीय धरापमा पारेका अफगान प्रहरीले जनाएको छ ।
अफगानिस्तानको बुर्का जिल्लाका गभर्नर अब्दुल जबार इस्लामिकको सवारीलाई शनिबार अपरान्ह् बाघ्लान इ मजारिक सडकमा विद्युतीय धरापमा पारिएको थियो ।
उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ताले दिएको जानकारी अनुसार उहाँको सवारीलाई एम्बुसमा पारेपछि लगत्तै गोली हानिएको थियो ।
त्यस लगत्तै उहाँको निधन भएको थियो । यस घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यसमा अफगान तालिवानकै हात रहेको अनुमान प्रहरी सुुरक्षाकर्मीले गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline