साउदी अरेबियामा महिलाहरु पहिलो पटक मतदानमा सहभागी हुदै

साउदी अरेबियामा महिलाहरु पहिलो पटक मतदानमा सहभागी हुदै

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी २६ मंसिर । 

मुस्लिम शासन रहेको साउदी अरेबियामा पहिलो पटक आज महिलाहरु मतदानमा सहभागी हुदैछन् । इतिहाँसमै पहिलो पटक उनीहरुले नगरपालिकाको निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न पाएका हुन् ।

रुढीवादी परम्परा र संस्कारको आधारमा चल्दै आएको राजतन्त्रात्मक मुलुक साउदी अरबका महिलालाई पहिलो पटक मताधिकारका अतिरिक्त निर्वाचनमा उम्मेदवार बन्ने अधिकार समेत दिइएको छ ।

निर्वाचनमार्फत् ९ सय ७८ जना महिला आफ्नो भाग्य परीक्षण गर्दैछन् भने करीब एक लाख ३० हजार महिलाले मत प्रयोग गर्न आफ्नो नाम दर्ता गराएका छन् । यस्तै झण्डै ६ हजार पुरुष पनि प्रतिष्पर्धाको मैदानमा छन् ।

महिलालाई मताधिकार सुनिश्चित गराउने काम भने दिवंगत राजा अब्दुल्लाहले गर्नु भएको हो । आफ्नो मृत्यु पूर्व राजा अब्दुल्लाहले मुलुकको माथिल्लो सल्लाहकार परिषद शूरामा पनि ३० जना महिलालाई मनोनित गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी