ईन्धन अभावका कारण खानेपानीको पाईप बिच्छ्याउने कार्य ठप्प

ईन्धन अभावका कारण खानेपानीको पाईप बिच्छ्याउने कार्य ठप्प

  • बिहिबार, मंसिर २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

काठमाण्डौं मंसीर २४ । काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड केयुकेल अन्तर्गत आयोजना कार्यन्वयन निर्देशनालय ( पिआईडी ) ले मेलम्चीबाट आउने खाने पानी वितरणका लागि गरीरहेको पाईप बिच्छ्याउने कार्य नाकाबन्दीका कारण ईन्धन अभाव भए पछि पूर्ण रुपमा रोकिएको छ ।
पिआईडीले उपत्यकाको कुल ६ सय ७० किलो मिटर मध्य ३ सय ४ किलोमिटर अर्थात करीब चालिस प्रतिशत काम सके पनि भूकम्प र वर्षातले केही प्रभावित भएको काम अहिले ईन्धन नभए पछि पूर्ण रुपले ठप्प भएको आयोजनका प्रवक्ता लिला प्रसाद ढकालले मिर्मिरेलाई जानकारी दिनु भयो ।
ढकालले यसै आर्थिक वर्षको पनि वर्षात अगावै सबै क्षेत्रमा पाईप बिच्छ्याउने लक्ष्य भए पनि भूकम्प र वर्षातले केही रोकिएको काम ईन्धन नभए पछि पूरै रोकिएकोले समयमै काम हुन कठिन पर्न सक्ने बताउनु भयो ।
ईन्धन आपुर्तिका लागि आयल निगमलाई खबर गरे पनि आवस्यकता अनुसार पुरा हुन नसक्ने भएकाले काम हुन नसकेको देखिएको छ ।

यदी आयोजनाको काम यसै गरी निरन्तर अवरुद्ध भए सरकारले करोडौं घाटा हुने संकेत देखिएको छ । काम नभएको अवस्थामा पनि ठेकेदार कम्पनीहरुलाई आईडियल चार्ज ( काम नभएको अवस्थामा पनि दिनु पर्ने खर्च ) व्यवस्थापन गर्नु पर्ने भएकाले यसले घाटा स्वत हुने देखिएको हो ।
यस्तोमा यदी लामो समय ईन्धन आपूर्ति रोकिने हो भने केही समयका लागि ठेक्का रोक्दा सरकारलाई फाईदा हुन सक्ने ढकालको भनाई छ । ठेक्का रोक्ने विषयमा निर्णय भएमा सरकारले आईडियल चार्ज तिर्नु नपर्ने तर पछि ईन्धन आए पछि फेरी उनीहरुलाई काम दिन सकिने छ ।

पॉच चीनीया तथा २ भारतीय लिड कम्पनीसग‘ मिलेर नेपालको कालीका कन्सट्रक्सन, शर्मा कन्सट्रक्सन, लामा कन्सट्रक्सन सहित ७ वटा निमार्ण कम्पनीले पाईप बिच्छयाउने काम गर्दै आएका थिए ।
एशियाली बिकास बैकको क्रृण सहायतामा सञ्चालित मेलम्चि खानेपानी आयोजना र पाईप बिच्छ्याउने कार्य अघि बढिरहे पनि भूकम्प र नाकाबन्दी पछिको अवरोधले २०७३ साल बैशाख सम्ममा काठमाण्डौंबासीको घरमा पानी नआउने लगभग पक्का जस्तै देखिएको छ ।   यस विषयमा सरकारले ठोस केही निर्णय गर्नु पर्ने आवस्यकता देखिएको छ ।
आयोजनाको हाल सम्म सकिएको कामको विवरण यस्तो छ: 
मेलम्चीको पानी काठमाण्डौवासीको घरघरमा वितरण गर्ने योजनाबमोजिम शुरु भएको पाइपलाइन विस्तारको कार्य ४० प्रतिशतभन्दा बढी सम्पन्न भईसकेको छ । निर्देशनालयले हालसम्म ३ सय ५ किलोमिटर पाइपलाइन बिच्छ्याइसकेको छ भने २१ हजार ६ सय ९६ घरमा धारा जडान गरिएको छ ।
निर्देशनालयले थोक वितरण प्रणाली अन्तर्गत करिब १८ किलोमिटर मुख्य प्रसारण पाइपलाइन बिस्तार गरेको छ । वितरण सञ्जाल सुधार अन्तर्गत करिब २ सय ८७ किलोमिटर पाइपलाइन बिस्तार भइसकेको छ । पहिलो चरणमा हाल थोक वितरण प्रणाली र वितरण प्रणाली सुधार गरी निर्देशनालयले काठमाण्डौ र ललितपुरका मुख्य शहरी क्षेत्रमा झण्डै साढे ७ सय किलोमिटर पाइपलाइन विस्तार गर्ने छ ।

यसैगरी, हाल काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा ६ वटा पानी संकलन केन्द्र ( रिजर्भायर० को निर्माण कार्य अगाडी बढेको छ । काठमाडौंको आरुबारी, महाँकालचौर, बाँसबारी, बालाजु, महाराजगञ्ज–पानीपोखरी र ललितपुरको खुमलटारमा पानी संकलन केन्द्र निर्माण गरिनेछ । हालसम्म २२ प्रतिशत पानी संकलन केन्द्रको निर्माण कार्य सम्पन्न भईसकेको आयोजनाले जनाएको छ ।

साथै, यी पानी संकलन केन्द्र जोड्नेगरी उपत्यकाका महांकालचौर देखि आरुबारी हुँदै सुन्दरीजल, चावहिल सुकेधारादेखि धुम्बाराही चोक, थसिखेलदेखि एकान्तकुना, बालाजु चोकदेखि सोह्रखुट्टे हुँदै लैनचौर, कलंकी सीता पेट्रोल पम्पदेखि बल्खु चोकलगायतमा गरी १८ किलोमिटर पाइपलाइन बिस्तार भइसकेको हो । काठमाण्डौ उपत्यकाभित्र करिब ५२ किलोमिटर थोक वितरण प्रणालीको निर्माणका लागि ठेक्कापट्टा सम्पन्न भइसकेको छ ।

यसैगरी, वितरण सञ्जाल सुधारअन्तर्गत ज्ञानेश्वर, सिनामंगल, गौशाला, हाँडिगाउँ, कालोपुल, कोटेश्वर र नरेफाँट, ग्वार्को, मानभवन, लगनखेल, मैतीदेवी, रातोपुल, घट्टेकूलो, डिल्लीबजार, सेतोपुल, पुरानो बानेश्वर, अनामनगर, बबरमहल, सोह्रखुट्टे, सानेपा, कुपण्डोल, सुविधानगर, सहयोगीनगर, वनस्थली, शोभा भगवती र चमती प्लानिङ् क्षेत्रमा पाइपलाइन विस्तार भएको छ । काठमाण्डौ उपत्यकाको चक्रपथभित्रका मुख्य सहरी क्षेत्रमा करिब ६ सय ७२ किलोमिटर पाइपलाइन जडान÷विस्तार गरी वितरण प्रणाली सुधार गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी