कान्दाहार विमानस्थलमा सुरक्षकर्मी र तालिवानीबीचको झडपमा ४६ मारिए

कान्दाहार विमानस्थलमा सुरक्षकर्मी र तालिवानीबीचको झडपमा ४६ मारिए

  • बिहिबार, मंसिर २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी २४ मंसिर । अफगानिस्तानको कान्दाहार विमानस्थलमा सुरक्षाकर्मी र तालिवानी लडाकुबीच भएको झडपमा ४६ जना मारिएका छन् ।

दक्षिणी प्रान्त कान्दाहार स्थित विमानस्थलमा भएको झडपमा मारिनेमा अधिकांश बालबालिका रहेको त्यहाँको सरकारी अधिकारीहरुले बताएका छन् । भिडन्तमा ९ जना विद्रोही पनि मारिएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

तालिवान विद्रोहीले गत मंगलबार विमानस्थलमा धेरै मानिस बन्धक बनाएका थिए । त्यहाँ अफगान सेनाको मुख्यालय, नेटो सेनाको कार्यालय तथा अरु धेरै कार्यालय छन् ।

त्यसपछि २६ घण्टासम्म चलेको भिडन्तमा केही आक्रमणकारीलाई पक्राउ गरिएको सरकारी सेनालाई उधृत गर्दै बिबीसीले जनाएको छ । तालिवानले गत सेप्टेम्बरमा उत्तरी शहर कुन्दुजमा पनि यस्तै आक्रमण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी