छत्तीसगढमा प्रहरीसँगको झडपमा १५ जना माओवादी मारिए

छत्तीसगढमा प्रहरीसँगको झडपमा १५ जना माओवादी मारिए

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २३ मंसिर ।  

भारतको छत्तीसगढमा प्रहरी र माओवादीबिच भएको झडपमा कम्तिमा १५ जना माओवादी मारिएको भारतीय अधिकारीहरुले दावी गरेका छन् । छत्तीसगढ स्थित सुकमा जिल्लामा उक्त झडप भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

झडपमा १५ देखि २० जना माओवादीका कार्यकर्ता मारिएको प्रहरी आइजी एसआरपी कल्लुरीलाइइ उधृत गर्दै बिबीसीले जनाएको छ । झडपमा पाँच जना प्रहरी जवान गम्भीर घाइते भएका छन् । घटनाको स्वतन्त्र पुष्टी हुन बाँकी रहेको बताइएको छ ।

माओवादीका पिपुल्स लिबरेशन गुरिल्ला आर्मीले दुईदेखि आठ डिसेम्बरसम्म १५ औं वर्षगाठ मनाएको थियो । त्यसक्रममा सुकमा जिल्लाको किस्ताराम क्षेत्रमा माओवादीको बैठक बसेको सूचनाको आधारमा आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

यस्तै सुकमा जिल्लाको पोलमपल्लीमा २५ जना माओवादी कार्यकर्ताले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी