सेना फिर्ता लैजान टर्कीलाई इराकको ४८ घण्टे अल्टिमेटम

सेना फिर्ता लैजान टर्कीलाई इराकको ४८ घण्टे अल्टिमेटम

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी २१ मंसिर । 

इराकले मोसुल शहरमा रहेका आफ्ना सेना फिर्ता लैजान टर्कीलाई ४८ घण्टे अल्टिमेटम दिएको छ । टर्कीले आफूहरुसँग सहकार्य नगरी मोसुलमा सेना खटाएको इराकी सरकारको आरोप छ ।

इराकका प्रधानमन्त्री हैदर अल अवादीले एक वक्तव्य जारी गरी ४८ घण्टा भित्र सेना फिर्ता नलगे टर्की विरुद्ध संयुक्त राष्ट्रसंघमा जाने इराकले चेतावनी दिएको हो । टर्कीको कार्यले राष्ट्रिय संप्रभुताको उल्लंघन भएको इराकले जनाएको छ ।

उता टर्कीले भने मोसुलमा आफ्ना सेना पूर्व सहमति अनुसार नै रहेको बताएको छ । मोसुल शहर गत वर्षबाट बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा छ ।
टर्किस सेनाले मोसुलमा रहेका कुर्द समुदायलाई सहयोग गर्दै आएको छ । इराकी सेनाले मोसुल शहरबाट आइएसलाई हटाउने प्रयास गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी