आइएसका १३ लडाकू मारिए

आइएसका १३ लडाकू मारिए

  • आइतवार, मंसिर २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

बग्दाद, २० मङ्सिर ।

इराकको द्वन्द्वग्रस्त अन्बर प्रान्तमा इस्लामिक अतिवादी समूह, आइएस विरुद्धको कारबाहीका क्रममा १३ जना लडाकू मारिएको समाचारमा जनाइएको छ ।

गएका केही हप्तादेखि इराकमा आइएसमाथि इराकी सुरक्षाकर्मीहरुले स्थलगत र हवाई कारबाही गरिरहेका छन् । आइएसको खोजीका क्रममा इराकी सुरक्षाकर्मीहरुले आइतबार सो कारबाही गरेका समाचारमा जनाइएको छ ।

आइतबारको सो कारबाहीमा ती लडाकू मारिएका र अरु कैयौँ घाइते भएका प्राप्त समाचारमा जनाइएको छ । इराकको पश्चिमी प्रान्त अन्बरको प्रान्तीय राजधानी सहर रमादीमा सो हमला भएको थियो ।

सो नगरमा विगतदेखि नै आइएसका लडाकूहरु लुकेर बस्ने गरेका छन् । स्थलगत कारबाहीका क्रममा आइएसका लडाकूसँग कैयौँ स्थानमा भिडन्त पनि भएको सो समाचारमा जनाइएको छ ।

रमादी नजिकैको अलक्वाम नगरमा आइएसका लडाकूहरु लुकेर बस्ने गरेको भन्दै यसअघि पनि सेनाले कारबाही गरेको थियो । सो नगरमा इरानी सेनाले हवाई कारबाहीका क्रममा बमबारी गरेको थियो ।

सो बमबारीमा परी कम्तीमा पनि १३ जना लडाकू मारिएका थिए । सो क्रममा उनीहरुका छ वटा सवारी साधन पनि ध्वस्त भएका बताइएको छ ।
त्यसैगरी रमादीबाट पश्चिमतर्फको अल्बुरिसा पुलमा सो हमला भएको थियो । उक्त हमलामा पनि केही लडाकू मारिएका बताइएको छ । तर पनि ती लडाकूको बारेमा भने के कति सङ्ख्यामा छन् भन्ने केही बताइएको छैन ।

त्यसैगरी अन्बरकै अरु केही क्षेत्रमा पनि कारबाही जारी रहेको छ । इराकी सेनाले पछिल्लो समयमा आइएसका विरुद्धमा स्थलगत रुपमा पनि व्यापक मात्रामा कारबाही गर्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी