ग्रीस, १८ मङ्सिर ।
अमेरिकी विदेशमन्त्री जोन केरीले अमेरिका ग्रीसको सुधार प्रयासमा सधैँ सहयोगी रहने बताउनुभएको छ ।
विदेशमन्त्री केरीले भन्नुभयो, ग्रीसमा पछिल्लो समयमा देखिएको सङ्कटले क्षतविक्षत् अर्थतन्त्रलाई उकास्न ग्रीसको नयाँ सरकारले हरसम्भव काम गर्ने छ । यसमा अमेरिकी सरकारले आवश्यक सहयोग गर्नेछ ।
ग्रीस आफ्नो सङ्कटग्रस्त अर्थतन्त्रलाई उकास्न प्रतिस्पर्धात्मक प्रणाली, बजारमा सन्तुलन कायम गरी लगानी आकर्षण गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
केरीले ग्रीसका सरकारी अधिकारीसँगको भेटपछि अमेरिका ग्रीसको विकासमा हरेक सम्भावनामा सहयोग गर्ने धारणा व्यक्त गर्नुभएको हो ।
ग्रीस सन् २०१० पछि युरोपमा देखिएको मन्दीसँगै आर्थिक रुपमा टाट पल्टेपछि यसले युरोप लगायत विभिन्न शक्ति राष्ट्रबाट अर्बौ युरो डलरको जमानत लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline