अफगानिस्तानमा सात सैनिकको हत्या

अफगानिस्तानमा सात सैनिकको हत्या

  • शनिबार, मंसिर १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काबुल, १९ मङ्सिर ।

अफगानिस्तानमा भएको पछिल्लो कारबाहीका साथै सुरक्षा निकायमाथिको आक्रमणका क्रममा कम्तीमा पनि सातजना सैनिकको ज्यान गएको समाचार छ ।

गएको शुक्रबारदेखि भएका ती हमलामा परी सातजना सैनिकको ज्यान गएको बताइएको छ । ती सैनिक लागि अफगानिस्तानमा युद्ध गरिरहेका तालिवानले हमला गरेका थिए ।

शुक्रबार बिहानदेखि भएका ती हमलाहरुमा परी ती सैनिक मारिएका अफगानिस्तानको रक्षामन्त्रालयले जनाएको छ ।

रक्षामन्त्रालयले हालैमात्र उपलब्ध गराएको एक तथ्याङ्कअनुसार पछिल्लो समयमा जारी रहेका हमलाहरुमा परी सेनाको ज्यान जाने क्रम बढिरहेको छ ।
देशका विभिन्न पाँचवटा प्रान्तमा यो कारबाही जारी रहेको थियो । उक्त कारबाहीका क्रममा ती सैनिक मारिएका हुन् । त्यसैगरी अरु केही तालिवान लडाकूहरु पक्राउ पनि परेका बताइएको छ । साथै सो कारबाहीमा परी कैयौं तालिवान पनि मारिएका छन् ।

मारिएका तालिवानहरुको सङ्ख्या भने रक्षामन्त्रालयको सो विज्ञप्तिमा जनाइएको छैन । अफगान सेनाले तालिवानका विरुद्धमा कारबाही जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी