एजेन्सी १८ मंसिर ।
अमेरिकाले लडाकु सैनिकमा महिलालाई पनि अवसर दिने घोषणा गरेको छ । अमेरिकी रक्षामन्त्री एश कार्टरले अब लडाकु सेनामा काम गर्ने अवसर महिलाले पनि पाउने बताउनु भएको हो ।
महिलाले पनि अब बख्तरबन्द गाडी चलाउन सक्ने, मोटरबाट गोली भर्न सक्ने तथा युद्धका बेला सैनिकको नेतृत्व पनि गर्न सक्ने रक्षा मन्त्री कार्टरले बताउनुभयो । २ लाख २० हजार महिलालाई लडाकु सैनिकमा भर्ती गर्न सकिने उहाँको भनाई छ ।
उहाँले अमेरिकी सेनामा हुन लागेको यो व्यवस्थालार्ई ठोस रुपमा अगाडि बढाउन सशस्त्र बललाई ३० दिनको समय दिनुभएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline