एजेन्सी,१७ मंसिर ।
बेलायतले सिरियामा रहेको इस्लामिक स्टेट आईएस बिरुद्ध पहिलो पटक हवाई कारवाही गरेको छ । ४ वटा टोर्नेडो बिमानबाट आईएसविरुद्ध हवाई आक्रमण गरिएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ ।
आईएसको नियन्त्रणमा रहेको सिरियाको पूर्वी भेगस्थित तेल खानी आसपासको क्षेत्रमा आक्रमण गरिएको र त्यो सफल भएको बेलायती रक्षासचिव मिचेल फलोनले बताएका छन् ।
बेलायतको हाउस अफ कमन्समा आइएस विरुद्ध कारवाही गर्ने सम्बन्धी प्रस्ताव बहुमतले पारित भएलगत्तै आक्रमण गरेको हो । सो प्रस्तावको पक्षमा २ सय २३ मत र विपक्षमा जम्मा ६७ मत परेको थियो ।
सदनमा आफ्नो प्रस्ताव पारित भएपछि प्रधानमन्त्री डेभिड क्यामरुनले मुलुकलाई सुरक्षित राख्न ठिक निर्णय गरिएको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline