एजेन्सी १६ मंसिर ।
अमेरिकाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध कारबाहीका लागि इराकमा विशेष सैन्य बल पठाउने भएको छ ।
अमेरिकी रक्षा मन्त्री एस्टन कार्टरले आइएस विरुद्ध संघर्षरत इराक सरकार र कुर्द समुदायलाई सहयोग गर्न विशेष सैन्य बल पठाउने तयारी भएको बताउनु भएको हो ।
इराक पठाउने सैनिकको संख्याका बारेमा जानकारी नगराए पनि उहाँले विशेष सैन्य बलले इराकी सेनाको क्षमता बिस्तार गर्ने र इराकको सीमा क्षेत्रको रक्षा गर्ने बताउनुभयो ।
इराकका आइएस र सिरियामा रहेका आइएसबिचको सम्बन्ध टुटाउन अहिले राम्रो मौका रहेको र अमेरिकी सैन्य बलले यसमा विशेष भूमिका खेल्ने उहाँको भनाई छ ।
आइएसले गत वर्ष इराक र सिरियाको धेरै भू–भाग आफ्नो कब्जामा लिएको थियो । ६५ देश आवद्ध अमेरिकी नेतृत्वको गठबन्धन सेनाले अहिले आइएस विरुद्ध हवाइ आक्रमण गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline