युएई, १५ मंसिर ।
रोजगारीका लागि संयुत्त अरब एमिरेट्स युएई आएका एक नेपालीको ज्यान गएको छ । फुजेल(३ गोरखाका ३४ वर्षका कृष्ण प्रसाद पोखरेलको ज्यान गएको हो ।
कम्पनीमा रातिको ड्युटी गरेर मजदुर क्याम्पमा आई सहकर्मीसँगै बजार गरेर दिउँसो सुत्नु भएको उहाँलाई ड्युटी ब्रेकमा कोठामा आएका सहकर्मीले असामान्य अवस्थामा देखेपछि कम्पनीकै स्वास्थ्य, सुरक्षा तथा वातावरण अधिकारीलाई जानकारी गराएका थिए । कम्पनीले अस्पताल लैजाँदै गर्दा एम्बुलेन्समै हुने प्रारम्भिक परीक्षणपछि पोखरेलको ज्यान गएको चिकित्सकले पुष्टी गरेका थिए ।
अलऐनमा रहेको एमएवी क्याटरिङ कम्पनीमा तीन वर्ष पहिलेदेखि रोटी मेकरको रुपमा कार्यरत पोखरेल हातमा मोबाईल च्यापेर कानमा हेडफोन लगाइ सिरानीमा आड लागेर ढल्किएको अवस्थामा मृत भेटिनु भएको थियो ।
मंगलबारदेखि युएईको राष्ट्रिय दिवसको अवसरमा ५ दिने सार्वजनिक बिदा सुरु भएकोले अझै केही दिन लाग्न सक्ने कम्पनीले जनाएको छ ।