एजेन्सी,१४ मंसिर ।
सिरियामा विगत लामो समयदेखि जारी रहेको हिंसाको अन्त्यका लागि साउदी अरेबियाले सघाउने भएको छ । साउदी अरेबियाले यसका लागि वार्ताको समन्वय गर्ने भएको बताइएको छ ।
साउदी अरेबियाले आगामी डिसेम्बरको मध्यमा सिरियाली विपक्षी समूहसँग पनि समन्वय गरी वार्ता प्रक्रिया अघि बढाउनस सघाउने बताएको हो ।
संयुक्त राष्ट्रसंघको लागि साउदी अरेबियाका राजदूतले हालै सो जानकारी दिएका छन् । सो शान्ति वार्ताको प्रमुख मुद्दा सिरियामा गएका करिब पाँच वर्षसम्म जारी द्वन्द्वको अन्त्य भएको बताइएको छ ।
सिरियाली विपक्षी समूह र सिरियाली राष्ट्रपति बसर अल असदबीच छलफल गरी शान्ति वार्ताको टुङ्गो लगाउने उनले जनाएका छन् । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन पाँच वर्ष पूरा भएको छ । जारी यस द्वन्द्वमा जरी २०११ देखि हालसम्म २ लाख ५० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।