रुसले लगायो टर्कीमाथि आर्थिक प्रतिबन्ध

रुसले लगायो टर्कीमाथि आर्थिक प्रतिबन्ध

  • आइतवार, मंसिर १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, १३ मंसिर ।

रुसले टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेको छ । आफ्नो लडाकु विमान टर्कीले खसालेपछि त्यसको जवाफमा रुसले उसमाथि आर्थिक प्रतिबन्ध लगाउने निर्णय गरेका वीवीसीले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउने प्रस्तावमा हस्ताक्षेर गर्नु भएको हो । अब रुसमा टर्कीबाट कुनै पनि सामानको आयातमा प्रतिबन्ध लागेको छ । ुई देशबिच चार्टर उडानमा पनि प्रतिबन्ध लगाइएको छ । अहिले रुसमा झण्डै ९० हजार टर्कीका नागरिक काम गरिरहेका छन् ।

यसअघि शुक्रबार रुसले टर्कीसँग रहँदै आएको भिसा नचाहिने व्यवस्था पनि रद्द गरेको थियो । टर्कीका राष्ट्रपति तायिप एर्दोगानले रुसी विमान खसालेकोमा दुःख व्यक्त गर्नु भएको छ ।

रुसबाट खाद्यय सामग्री खरिद गर्ने गरेको प्रतिबन्धको असर टर्कीमा मात्र नभएर रुसमा पनि पर्ने अन्तराष्ट्रिय सञ्चारमाद्यमहरुले जनाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी