काठमाडौं,१२ मंसिर ।
नाइजेरियाको कानो राज्यमा भएको आत्मघाती बम विस्फोटमा २१ जनाको ज्यान गएको छ ।
कानो राज्यमा शिया मुसलमानको एक जुलुसमा आत्मघाती आक्रमणकारीले आफैलाई विस्फोट गराएका हुन् । घटनामा अन्य धेरै मानिस घाइते भएका वीवीसीले जनाएको छ ।
आक्रमणकारी जुलुसमा प्रवेश गर्ने वित्तिकै विस्फोट गराएको समाचार संस्था एएफपीले जनाएको छ ।
विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै पनि समुहले लिएको छैन । तर विद्रोही संगठन बोको हरामले विस्फोट गराएको हुन सक्ने आशंका गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
नाइजेरियामा गएको ६ वर्षदेखि बोको हरामले आतंककारी आक्रमण गर्दै आएको छ । यसक्रममा हजारौं मानिसको ज्यान गएको छ भने २० लाख भन्दा धेरै मानिस विस्थापित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline