५२ जनालाई एकैदिन मृत्युदण्ड दिने साँउदी सरकारको तयारी

५२ जनालाई एकैदिन मृत्युदण्ड दिने साँउदी सरकारको तयारी

  • शुक्रबार, मंसिर ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी,११ मंसिर ।

साउदी सरकारले बिभिन्न आतंकबादी क्रियाकलापमा संलग्न रहेका ५२ जनालाई एकै दिन मृत्युदण्ड दिने तयारी गरेको छ । सो तयारी गरीएको प्रति मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले आपत्ति जनाएको छ ।

मृत्युदण्ड दिने साउदी सरकारको निर्णय पछि एमनेस्टीले मानव अधिकार हननको पराकाष्ठा भन्दै आपत्ति जनाएको हो । साउदी अरबले यही वर्ष मात्रै १५१ जनालाई मृत्युदण्ड दिइसकेको छ ।

मृत्युदण्ड पाउनेमा शिया समुदायका आतंकवादीहरुको संख्या बढी छ । मध्यपूर्वका लागि एमनेष्टी इन्टरनेशनलका उपाध्यक्ष जेम्स लेन्चले साउदी अरब सरकार आतंकवादको बहानामा राजनीति प्रेरित भएको आरोप लगाएका छन् ।

उनले बाल्यवस्थामा आपराधिक गतिविधीमा संलग्न रहेकाहरुलाई समेत मृत्युदण्ड दिइने गरेको बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी