बेलायती प्रधानमन्त्रीद्धारा आइएस विरुद्ध हवाई आक्रमणको प्रस्ताव

बेलायती प्रधानमन्त्रीद्धारा आइएस विरुद्ध हवाई आक्रमणको प्रस्ताव

  • शुक्रबार, मंसिर ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ११ मंसिर ।  

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले विद्रोही समूह इस्लामिक स्टेट आइएस विरुद्ध हवाई आक्रमण गर्ने प्रस्ताव अघि सार्नु भएको छ ।

संसदमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री क्यामरुनले आइएस विरुद्ध अन्य देशले संघर्ष गरिरहँदा आफ्नो मुलुक चुप लागेर बस्न नसक्ने बताउनु भएको छ ।

उहाँले सिरियामा रहेका आइएस विरुद्ध हवाई आक्रमण गर्दा नै आफ्नो मुलुक उबाट सुरक्षित हुने दावी समेत गर्नुभयो ।

उता विपक्षी लेबर पार्टीका नेता जेरमी कोर्बीनले भने हवाई हमला गर्दैमा विद्रोहीका तर्फबाट हुने खतरा कम नहुने बताउनुभएको छ ।

१ सय ३० जनाको ज्यान जाने फ्रान्सको पेरिसमा आइएसले गरेको आक्रमणपछि युरोपमा खतरा बढ्दै गएको विश्लेषण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी