रसिया टर्की सम्बन्ध विग्रदै

रसिया टर्की सम्बन्ध विग्रदै

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी,१० मंसिर । 

टर्कीले हालैमात्र रसियाको एक युद्धक विमान खसालेकोले टर्की र रसियाबीचको सम्बन्धमा तनाव उत्पन्न भएको छ । यी दुई देशबीचको सम्बन्धमा पछिल्लो समयमा दरार उत्पन्न भएको समाचारमा जनाइएको छ ।

टर्कीले आफ्नो भूभागमा विना अनुमति प्रवेश गरेको भन्दै सोमबार मात्र रसियाको एक युद्धक विमान खसालेको बताएको थियो । सिरियामा रसियाले आक्रमण गरिरहेको जनाएको छ ।

सो आक्रमणका क्रममा एक विमान सिरियाली भूभागमा नै उडेको रसियाली अधिकारीहरुको दाबी छ भने टर्कीले भने रसियाली विमान विगत लामो समयदेखि नै टर्कीको भूभागमा उड्ने गरेको बताएको छ ।

सिरियमा गत महिनादेखि नै रसियाली सेनाले पनि आक्रमणलाई निरन्तरता दिएको छ । जसका कारण आफ्नो भूभागमा रसियाका युद्धका विमानहरु प्रवेश गर्ने गरेको अधिकारीहरुको भनाई छ ।
रसियाली नागरिकले यहाँको सु–२४ नामक युद्धक विमानलाई गोली हानी खसालिएको प्रति रोष प्रकट गर्दै विरोध स्वरूप प्रदर्शन गरेको मस्कोका सुरक्षा अधिकारीले बताएका छन् ।

नागरिक तहमा नै यस्ता क्रियाकलापहरु जारी नै रहँदा उता सरकारी स्तरमा पनि एक आपसमा विरोधहरु भइरहेका छन् ।

सो विमानमा दुई जना पाइलट रहेका र एकजनाको ज्यान गएको छ । अर्का एकजना जिवीत पाइलटले टर्कीले आफुहरुलाई कुनै पूर्व जानकारी वा चेतावानीयुक्त सन्देश नै नदिइकनै सो विमानमा हमला गरेको जनाएका छन् ।

जिवीत पाइलटको यो अनुभवपछि झनै यी दुई देशबीच तनाव उत्पन्न भएको हो । यो विमान खसालिएपछि रसियाली राष्ट्रपति भ्लालिदिमिर पुटिनले दुर्भाग्यपूर्ण भनी प्रतिक्रिया दिनुभएको थियो ।

उता टर्कीको वायुसेनाले भने उक्त रसियाली विमान अन्तर्राष्ट्रिय सीमा कानुनलाई उल्लङ्घन गर्दै आफ्नो आकाशमा प्रवेश गरेपछि लगातार टर्कीको आकाश छोड्न आह्वान गरिएको तर विमानले टर्कीको उक्त आग्रहलाई बेवास्ता गरेपछि विमानलाई गोली हानी खसालेको बताएको छ ।

रसियाली राष्ट्रपति पुटिनले आफ्ना नागरिकलाई टर्कीको भ्रमण नगर्न आग्रह समेत गर्नुभएको एक अर्को समाचारमा जनाइएको छ ।

राष्ट्रपति पुटिनले हाम्रो विमान खसाल्ने र हाम्रो विमानचालकको हत्या गर्नेजस्तो निन्दनीय काम गरेको भन्दै हालका लागि आवश्यक कदमका रुपमा सो देशमा भ्रमण रद्द गरिएको बताउनुभयो ।

उहाँले बुधबार मात्र एक रसियाली टेलिभिजनलाई दिनुभएको अन्तरवार्तामा टर्कीको उक्त कार्य निन्दनीय भएको भन्दै आगामी दिनमा उसले पनि महंगो मूल्य चुकाउनुपर्ने धारणा राख्नुभएको थियो ।

उता रसियाली नागरिकले पनि रसियाको राजधानी मस्कोस्थित टर्कीको राजदूतावास अगाडि सयौँको सङ्ख्यामा जम्मा भएर बुधबार प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले बुधबार करिब एक घण्टा ३० मिनेटसम्म दूतावास वरपर प्रदर्शन गरेपछि रसियाली प्रहरीले बलपूर्वक प्रदर्शनीस्थल खाली गराएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी